साबिक कालिका गा.बि.स. बाट श्री जन शक्ति नि.मा. बि. बाट सरुवा भै २०७२साल साउन मा यस श्री बाल जाग्रिति आधारभूत विद्यालय आउदा यस विद्यालयमा कक्षा १-५ सन्चालन रहेको र म यस विद्यालयमा आउदा ९५ % विद्यार्थि दलितसमुदयको रहेको र केहि अन्य समुदायको रहेको पाईयो ।
यस विद्यालयमा आउदा बिद्यालयको २ ओटा ब्लक मात्र रहेको र मा यस विद्यालयमा बाहिय सहयोग कतैबाट पनि नगरिएको पाइएको यहाको स्थानिय र विद्यालय परिवारबाट बुझिएको, मा आउदा यस विद्यालयको सस्थापक प्रधानाध्यापक श्री दान बहादुर सुनार र विध्यालय व्याबस्थापन समितिको सस्थापक अध्यक्ष श्री हर्क बहादुर सुनार रहनु भएको थियो । म आउदा यस विद्यालयमा को एक राहत, दुइ बाल बिकाश र ३ निजि र एक कर्माचारि गरि ७ जना विद्यालयको परिवार रहेको थियो ।
यस विद्यालयमा सुकम्बसि बस्तिका बालबालिकाहरु अधिकांस पाढने हुदा यहा भर्ना क्रममा धेरे बालबालिकाहरु हुने बिचमा बालबालिकाहरु अभिभावक संग भारत जाने आउने गरेको पाइएको छ ।
म २०७२ साल मा प्रधानाध्यपक भै सके पछि २०७६/०७७ मा थप एक ब्लक परेको हो । यस विद्यालयमा सौचालय एक मात्र हुदा बलबालिकाहरुलइ दिशापिसाब गर्न समस्य हुदा बारम्बार शिक्षा शाखा स्थानिय तहमा माग गर्दा पनि कुनै सुनुवाई नहुदा सौचालयको निकै समस्या रहेको छ ।
हाल यस विद्यालयको विद्यालयको सनो गेट र ५५ मिटर पर्खाल निर्माण भएको छ विद्यालय वरीपरीको बातावरण हाल टिक,लिप्टिक र खयरको बिरुवा गरि ५८ बिरुवा रहेको छ विद्यार्थी खेल्ने चउर र विद्यालय धेरबार १० कठ्ठ जति रहेको छ ।