अध्ययन सुधारको लागि अंग्रेजी माध्यमलाई अवलम्बन गरी शिक्षाको स्तर वृद्धि गर्ने।
यस विद्यायलको नाम बाल जाग्रिति किन रहन गयो । यस कन्चनपुर जिल्लाको दक्षिण भेगमा रहेको साबिक त्रिभुवनबस्ति -३ मा २०५९ सालमा दलित समुदायको बाल बालिकहरु शिक्षा क्षेत्रमा सधै कमजोर भएको कारण पढाई बिचमा छोड्ने समस्या भएको कारण यस समुदायका बालबालिकाहरुले शिक्षाबाट बन्चित हुन नपरोस भन्ने सोचका साथ बालबालिकालाई जागरुक गर्ने सोचको साथ ( बाल जाग्रिति पाठशाला )को रुपमा साबिक त्रिभुवनबस्ति -३ का कक्षा ९ मा अध्यानरत दान बहादुर सुनार र राज कुमार बि क ले यस समुदायका बालबालिकाहरुलाइ सामाजिक सस्कार अनुसार तिहारमा खेलिने देउसि भैलो कार्यक्रम को आयोजना गरि देउसि भैलि कार्यक्रम गरि त्यस बाट उठेको रकमको एउटा अबिरल जाकरुक समुह निर्माण गरियो । त्यस पछि त्यसमा समुहको को केहि रकम बालबालिकालाई साझबिहान धुलो माटोमा खेल्ने समयलाइ सदुपयोग गर्नको लागि २०६० सालमा १५ नम्बर डाडा भनि चिनिने ठाउमा सानो टहरो निर्माण गरि बालबालिकालाई जागरुक गर्न भनि बाल जाग्रिति अनौपचारिक पाठशालाबाट नाम राखि पठनपाठन सुरु गरियो ।
बि.स. २०६० सालमा विद्यालय पढ्ने उमेरकाल बालबालिकाले गरिब बिपन्न परिवारका बालबालिकालाइ नि.शुल्क कक्षा सन्चालन गरेको देखेर पुनर्वासका स्थानिय पत्रकार धन बहादुर बि क र बालराम पण्डे द्वरा पत्र पत्रिकामा समाचार आएपछि । स्थानिय सामाजसेवि बाबुलाल बिश्वकर्मा र गिता बस्नेत द्वरा N.N.S.W.A. द्वरा त्यहा पढ्ने बालबालिकालाइ स्कुल ब्याग र स्टेसनरि उपलब्ध गराई सहयोग गर्नु भएको थियो । साथै स्तानिय सामाज सेबि अम्मर बाहादुर सुनार,भैरवदत्त न्यौपाने चन्द्र बाहादुर बिक , सिताराम बिक ,सन्त बहादुर सुनार दोर्जे तमाङ्ग र राज कुमार बिक लगाएत सबैको सहयोगमा २०६४ साल सम्म पाठशाला पठनपाठन गरियो ।
अदर्णीय मेरा गुरहरु शिव प्र. धिमिरे सर , कर्ण बहादुर बुढा र श्रेत ब्याक्ति बिष्नु पौडेल को सल्लाहा सुझाबाट अब यसलाइ अब अनौपचारिक रुपमा सन्चालन गर्न भनि सल्लाहा सुझव मा गाउ सङ्ग जोडिएको टाउँमा विद्यालय सन्चालन गर्दा विद्यालय राम्रो चल्ने भनि सुझब पछि ,त्यस ठाँउका सामाजसेबी ,हर्क बहादुर सुनार ,देव बहादुर श्रेष्ठ,चक्र बहादुर सुनार,बिन्दु शाहि,बबिता श्रेष्ठ, भद्रकाला सुनार ,मायादेवि शर्मा ,बाल बहदुर सुनार, धनपति सुनार ,लगाएत को भेला गराई छलफल गरि यहा का बालबालिकाहरु विद्यालय टाढा भएको कारण बिचमै विद्यालय छोड्नु परेको कुरा हुदा यहा विद्यालय खोल्दा हामी सबैको सहयोग रहने भनि २०६४ साल को चैत्र महिनामा १५ नम्बर डाडा को भवन भत्काईत त्यहा देखि धौलागिरि टोलमा विद्यालय सारियो । तर विद्यालय बनाउने स्थान नभए पछि । शिव प्र. धिमिरे सरले यस जिवन ज्योती नि.मा.बि. ले बिगतमा भोग चलन गरेको जग्गा हाल व्याक्तिले भोग गरेको हुदा उहा संग र त्यहाको स्थानिय सङ्ग छलफलगरी गर्दा राम्रो हुने भनि छलफल गरी जाँदा आपसमा बिबाद गरियो ।
त्यस पछि अलि खरो सोभावका हर्क बहादुर सुनारले कसैले जग्गा नदिए मा आफ्नो जमिन ५ कठ्ठा दिन्छु भनि २०६५ सालको बैशाख को घाममा ९ ओटा खामा गाड्ने डोब पनि खनियो तर गाउका सबैले जङ्गल नजिक भएको कारण बादरको बच्चालाइ समस्या हुने भने पछि जग्गाको खोजिमा दानबहादुर सुनार र राज कुमार बिक ले टेक बहादुर सुनार को जग्गा भोग चलन कमला अर्याल भट्टले सो जग्गा भोग गरेको अबस्थामा नम्बरी जग्गाको अगाडी को ऐलानी जग्गा लगभग एक कठ्ठा जमिन कमला भट्ट सङ्ग मागि यो र सो ठाउमा सामान्य टहरो निर्माण गरि सो गाउ कै कमल शर्मा को परिवार गंगा शर्मालाई बाल कक्षा स्वरुप एक बर्ष सन्चालन लागि जिम्मा दिईयो सो बखत बबिता श्रेष्ठको अध्यक्षतामा सो समय कुनैपनि पहल नभए पछि २०६५ साल माघ महिनाको १३ गतेका शिव भट्ट ज्यु को सहभागितामा ५५ जनाको सहभागितामा हर्क बहादुर सुनारको अध्याक्षतामा ११सदस्य समिति गठन गरि दानबहादुर सुनारलाई प्रधानाध्यापक मा नियुक्ति गरि विद्यालय अनुमतिको लागि पहल को लागि कक्षा-१ को अनुमतिको लागि जिल्ला शिक्षा कार्यलय सिफारिस को लागि नजिकको विद्यालय श्री जिवन ज्योति प्रावि , श्री दुर्गा माबि संग सहमतिको लागि सिफारिस , त्रिभूवनबस्ति गा.बि.स. पुनर्वास श्रोतकेन्द्रबाट सिफारिस सहित अनुमति मागको लागि जिल्ला शिक्षा कार्यलय कञ्चनपुर माग गरिएता पनि पहिलो बर्ष आनुमति नपाइको कारण दोस्रो बर्ष२०६६ साल माघ १३ गते बसेको बैठकले माग गरि २०६७ साल भदौ १० गते शिक्षा समितिको निर्णय भै भदौ १५ गते का दिन अनुमति प्रप्त भै सुकम्बासि बस्तिमा रहेका ९५% दलित समुदायलाई शिक्षा दिदै आएको छ ।
श्री बाल जाग्रिति अनौपचारिक बाट २०५९ साल बाट श्री बाल जाग्रिति प्राथामिक विद्यालय २०६६ सालमा नाम करण गरि ६ बर्ष सम्म सानो टहरोमा कक्षा सन्चालन रहेको र विद्यालय को माथि विद्यार्थिलाई कक्षा कोठा को समस्या भएको कारण १-५ अनुमति दिदा पनि बस्ने कक्षा कोठाको व्यबस्था नहुदा बिभिन्न सामाजिक संघसस्था संग विद्यालय को कक्षा कोठाको बारम्बार माग गर्दा पनि साबिक त्रिभुवनबस्ति गा.बि.स. मा त्यस्तो कुनै योजना नभएको भनि निरासा बनाएको थियो । २०६८ सालमा स्विट नेपाल द्वरा नल्का र सौचालय दिएको र भवन बनाउने ठाउँ पनि नहुदा पुनर्वस आवास कम्पनी को सह कार्यमा तल रहेको पनिको तलाउ नजिकको जमिन खालि हुदा सो ठाउँमा डाडाको बिच सौचालय बनाउदा सो समुदायका ले हर्क बहादुर सुनार र दान बहादुर सुनार बौलायो समेत भनेको सुन्नामा आयो ,तर कसेको कुरा नसुनि सौचालय र नल्का हलियो ।
सौचालय र नल्का हाल्ने क्रममा सिमाका रहेका भारतिय एस.एस.बि. ले बिबाद गरेपछि सौचालया बनाउनमा पनि रोक लगाइयो । सो क्रममा सिमामा भेट्न बोलाएको छ भनि लगि भारतिय सिमासुरक्षा बलले दिनभरि घदनिया सम्म पुगाई स्कुलको आइडि देखाएपछि । र नेपालको प्रशासन सङ्ग छलफलको लागि तुरुन्त पाहल नभए सो सौचालय बनाउन रोक्नु पर्ने भनि बेलुका ६ बजेतिर बौडरमा ल्याई छोडिदिएको हो ।
त्यस पछि नेपालका शसस्त्र प्रहरि , नेपाल प्रहरि ईलाका ,प्रशासन कार्यलय र शिक्षा कार्यलयको पहलमा बसहिको बेस क्याम्पमा बस्दा चाईनाले बङ्कर बनाउन लागेको हुदा रोक लगाईएको कुरा भनियो तर यो कुनै बङ्कर नभई सरकारी स्कुल को सौचालय बन्दै गरेको र पछि यहा स्कुलको भवन बन्ने बारे छलफल भई सौचालय निर्माण कार्य सम्पन्न गरिएको र पछि २०६९ साल मा कैलालिको बिल्ड अन नेपाल द्वारा सामुदायिक विद्यालयलाई नयाँ भवन दिने रहेछ भन्ने थाहा पाए पछि मागको लागि पहल गरि बिल्ड अन नेपालको नयाँ भवन बनाउनु पर्ने हुदा यो संस्थाले स्थानिय जनश्रबदान रा स्थानिय मेटृयल उपलब्ध गराउनु पर्ने भनि भन्दा विद्यालयको आर्थिक श्रोत केहि नहुदा पनि अध्यक्ष हर्क बहादुर सुनारले कसैले सहयोग नगरे पनि म मेरो आफ्नो आफन्त र स्तानिय बाट आर्थिक उठायर बनाउनु पर्छ भनि सल्लाह दिए पछि अध्यक्ष हर्क बहादुर सुनार र प्रधानाध्यपक बिच छलफल गरी बिल्ड अन नेपालले भेला राख्न भनि भेको बेला अभिभावक लाइ हामिनजन श्रबदान गर्छौ भनि भनिनिद अनुरोध गर्दै शबैको घरघर गहि भनि भेला गरी बिल्ड नेपालको भवन दिने पक्का पक्कि भए पछि शिक्षक लाई अएको p.C.F र सेलरि सामेत सबै शिक्षको सहामतिमा भवन निरमाणमा हालि भवन बनाउने भनि छलफल भयो । त्यस पछि बिल्ड अन नेपाल ले पहिला स्थानिय सामाग्रि झार्न भनि भन्दा शिक्षले खाने तलभ एक बर्षको परै जम्मा ५३,००० को ढुङ्गा खसालियो ।
२०७० साल चेत्र १० गतेका दिन भवनको उद्घाटन बिधि पुर्वक गरियो र सो भवनको निर्माण क्रममा पनि भवन निर्माण को क्रममा भरतिय तर्फ बाट निर्माण कर्यमा रोक लगाए पछि भारत र नेपालको सिमा मा भन्दै गरेको भवन समेत केहि भग दिवाल भत्काईदिदा पुनर्वासि जानता हरु को सबै को पाहलमा बिरोध गरेपछि नेपालि भु भागमा नेपालीले काम गर्दा पनि भरतिय पक्षले रोक लगाए पछि नेपाल का जिल्ला प्रशासन प्रमुख कृष्ण प्रसाद धिमिरे र एस.पि. फडिन्द्र पौडेलको नेत्रित्वमा सुरक्षा सम्बन्धि छलफल गरि स्कुलमा ११ जनाको शसस्त्रको टिम राखि भवन निर्माण कार्य २०७१ साल असोज महिनामा सम्पन्न गरियो।
बिल्ड अन नेपाल द्वरा निर्माण गरिएको भवनमा स्तानिय गा.बि.स. बाट रु ४०,०००-
बिरबल बिक द्वरा रु ५०,००० – बालुवा ,ढुङ्गा ढुवनिमा सहयोग
मुरलि सुनार द्वरा नगद ५०,०००- नगद सहयोग गिट्टि र माटो फिलिङ सहयोग स्थानिय समाजसेबि बाट
बल बहादुर सुनार द्वरा रु ८,०००- नल्का र मोटर जडान सहयोग ,
धनबहादुर थापा पशुपति क्षेत्री द्वरा १/१ टृलि ढुङ्गा सहयोग ,
किस्ने तमाङ्ग बाट रु ५,०००- बराबारको टुक्रा ईट्टा सहयोग,
सुर्य मोहन बिक बाट १ टृलि बलुवा सहयोग,
राज कुमर बिक द्वरा सेट्रिङ सामान एक लाख मा ५०,००० छुट गरि सहयोग
यस टाउका स्थनिय बाट ९० दिन जन श्रवदान गरि भवन निर्माण कार्य गरि सहयोग भएको छ।
अध्ययन सुधारको लागि अंग्रेजी माध्यमलाई अवलम्बन गरी शिक्षाको स्तर वृद्धि गर्ने।
यस विद्यालयको पुर्णरुपमा कम्पाउण्ड वाल निर्माण भै तहगत रुपमा दरबन्दि संख्या भएमा पाढाइ सुधारको लागि अंग्रजी माध्याम बाट पढाई गरि शिक्षण सुधार गर्न सकिने ।
पढाईको सुधार संगै कक्षा ८ सम्म सन्चालन गर्न सकिने ।
